Wednesday, May 14, 2025

बैतडी अर्जुन ट्रफीबाट बाहिरियाे,बुटवलकाे सुखद सुरूवात

प्रकाशित:

फाप्ला: धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराइजन बुटवलले विजयी सुरुवात गरेको छ ।

मंगलवार भएको पहिलो खेलमा होराइजनले दशरथ चन्द क्रिकेट एकेडेमी बैतडीलाई ५१ रनले पराजित गर्दै सुखद सुरुवात गर्याे।

होराइजनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको दशरथ १४.५ ओभरमा १ सय ६ रनमा समेटियो ।

दशरथका लागि बसन्त खत्रीले सर्वाधिक २० रन जोडे । हिमाल दाैल्यालले १९, सुमित बुडालले १४ र दिवान पुनले १२ रन जोड्दा अन्य ब्याटरले दोहारो अंकमा रन बनाउँन सकेनन् ।

तुलबहादुर थापाले ३, विपर्सन केसी र वीर मगरले समान २ तथा महेश भार, सिद्धान्त शाही र निर्मल गुरुङ समान १ विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको होराइजनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रनको योगफल तयार गरेको थियो ।

होराईजनका लागि दिपक डुम्रेले सर्वाधिक ४५ रन जोडे । आरिफ खानले ४१,कप्तान दिलिप नाथ र प्रतिक श्रेष्ठले समान २० रन जोडे ।

बलिङतर्फ दशरथका लागि कप्तान भुवन कार्कीले २ तथा खडक बोहोरा, सलाउदिन खान र रुपेश सिंहले समान १ विकेट लिए।
याे जितले बुटवलले २अंक सुरक्षित गरेकाे छ । लगातार दाेस्राे खेल हारेकाे बैतडी प्रतियोगिताबाट बाहिरिएको छ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाख पाउनेछन् ।

ताजा समाचार

सम्बन्धित समाचार