महेन्द्रनगर :- आदर्श विद्यार्थी नै आदर्श नागरिक बन्ने छन् भन्ने मुल उद्द्घोषका साथ हिन्दू स्वयंसेवक संघ नेपाल कंचनपुर जिल्लाले स्वामी विवेकानन्द संसकृती ज्ञान परिक्षा महेन्द्रनगरमा आयोजना गर्ने भएको छ। राष्ट्रिय बाल विद्यालय महेन्द्रनगरमा फागुन ९ गते पाँच हजार विद्यार्थी स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा उत्रने भएका छन् । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा सञ्चालन हुने परीक्षामा भिमदत्त नगरपालिका,बेदकोट नगरपालिका र शुक्लाफाटा नगरपालिका भित्रका ८० विद्यालय बाट करिब ५ हजार विद्यार्थी सहभागी हुने भएका हुन् । कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ ।
परीक्षामा सहभागी हुने विद्यार्थीले हिन्दु स्वयंसेवक संघ नेपालले बनाएको आठ सय प्रश्नको पुस्तक पढेर सहभागी हुने छन् ।उक्त पुस्तकमा देशको भूगोल, इतिहास, संस्कृति र परम्परासम्बन्धी प्रश्नहरु रहेका छन् विद्यार्थीले सोही पुस्तक बाट सोधिएका ५० प्रश्नको उत्तर दिनुपर्नेछ ।सहभागी हुने विद्यार्थीको हातमा उक्त पुस्तक पुगि सकेको हिन्दु स्वयंसेवक संघ भिमदत्त नगर कार्यवाह हरिश जोशीले बताउनु भयो।
संस्कृति ज्ञान परीक्षामा प्रथम हुनेले २१ हजार, द्वीतियले १५ हजार, तृतीयले ११ हजार प्राप्त गर्नेछन् । भने २२ जना विद्यार्थीले सान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।
परीक्षामा पुस्तक पढेर उत्तर दिनुपर्नेछ । परीक्षा फागुन ९ गते शुक्रवार हुनेछ भने नतिजा घोषणा पनि परीक्षा सकिएको एक घन्टाभित्र सार्वजनिक गरी पुरस्कार वितरण हुनेछ ।
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा हिन्दू स्वयंसेवक संघले प्रत्येक वर्ष गर्दै आएको छ । अहिले देशभर जिल्ला र पालिका तहमा परीक्षा हुने क्रम जारी छ ।कंचनपुरको महेन्द्रनगर ,बेल्डाडी,बेलौरी र दोधराचादनी गरि ४ ठाउँमा स्वामी विवेकान्द संस्कृती ज्ञान परिक्षा हुने छ हिन्दु स्वयंसेवक संघका स्वयंसेवक हर्केश बिष्ट जानकारी दिनु भयो।
आफ्नो शाश्वत धर्म, संस्कृति, नीति एवम् राष्ट्रियताको ज्ञानलाई प्रमुख स्थान दिनु आवश्यक रहेको हुँदा यस परिक्षाको उदेश्य पनि यहीँ रहेको परिक्षा समिति संयोजक राकेश चन्दले भन्नू भयो ।
ज्ञान विज्ञानका विभिन्न क्षेत्रमा मानवताको विकासका लागि हाम्रा पूर्वजहरुको अद्वितीय योगदान रहेको छ । यसको जानकारी हाम्रा विद्यार्थीलाई दिएर उनीहरुमा गौरवभाव एवम् आत्मविश्वास जागृत गर्न आवश्यक रहेको विचार गरी स्वामी विवेकानन्दको “आदर्श विद्यार्थी नै आदर्श नागरिक बन्नेछन्” भन्ने उद्घोषलाई आत्मसात् गर्दै स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षाले सुसंस्कृत समाज र सुसस्कृत नेपाल बनाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको स्वामी विवेकनन्द संस्कृती ज्ञान परिक्षाका जिल्ला संयोजक श्याम सिंह मौनीले जानकारी दिनु भयो ।
जिल्ला भरीनै स्वामी विवेकानन्द संस्कृती ज्ञान परिक्षाको सम्पुर्ण तयारी भैसकेको बारे संघका स्वयंसेवक उमेश जोशीले जानकारी दिनु भयो।
हिन्दू स्वयंसेवक संघ नेपाल जिल्ला कंचनपुरले बिगत दस बर्ष देखि स्वामी विवेकानन्द संस्कृती ज्ञान परिक्षा गर्दै आइरहेको छ।
