भिमदत्त वडा नम्बर ११ ले विद्यार्थी हरुलाई निशुल्क बेसिक कम्प्युटर ३ महिने तालीम दिने भएको छ।भिमदत्त नगरपालिका ११ ले सुचना जारी गर्दै विद्यार्थी लाई निशुल्क कम्प्युटर तालिम दिने भएको हो।
वडा भित्र रहेका विद्यार्थी लाई आजाको कम्प्युटर युगलाई मध्य नजर गर्दै विद्यार्थी लाई बेसिक कम्प्युटर तालिम दिएर दक्ष बनाउन सहयोग गर्ने वडा नम्बर ११ का वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिए।
आजको युगमा विद्यार्थी लाई कम्प्युटरको ज्ञान नभई नहुने प्रमुख आधार हो ।कम्प्युटर बाट नै आजको आधा युग चलेको छ।