महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार राती पौनी आठ बजे भिमदत्त नगरपालिका १२ स्थित भाइरल रोडमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।
भीमदत्त नगरपालिका १३ का २१ वर्षिय कैलाश सिंह साँउद र २२ वर्षिय गणेश बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।