Thursday, January 22, 2026

सुदुरपश्चिम् र मध्यपश्चिममा अछामी बड्डाको क्रेज।लड्याली सुवा गितले मच्चायो धुम ।

प्रकाशित:


महेन्द्रनगर :- डेउडा गितको माध्यम बाट सुदुर पश्चिम् र मध्यपश्चिम् मा एक छत्र राज गरेका लाल बहादुर धामी(अछामीबड्डो) अहिलेका चर्चित डेउडा गाएक हुन।
२०५५ सालमा पहिलो गित बजारमा ल्याएका लालबहादुर धामिले अहिलेसम्म दर्जनौं हिट गितमा स्वर दिएका हुन् ।“यो अछामी बड्डो आइगयो बडडिका खोज गित´´ बाट चर्चा बटुल्न सफल गाएक धामी डेउडा गित लाई बचाउन महत्त्वपूर्ण भुमिका खेलेका हुन।
देउडा क्षेत्रमा एकछत्र राज गर्न सफल देउडा गायक धामिको पछिल्लो देउडा गीत “लड्याली सुवा” सार्वजनिक भए लगत्तै टिक टकमा भाईरल बनेको छ।

उक्त देउडा गित अछामी बड्डो युटुभ च्यानल मार्फत सार्वजनिक गरिएको छ। देउडा गितमा राजेन्द्र शाह बिपिको शब्द,आवाज र संगित लय महेन्द्र बिक भने स्वयम् अछामी बड्डोकै स्वर रहेको छ। गायिका देबि घर्तिले स्वरमा साथ दिएको उक्त देउडा गितमा बिनोद बाजुरेलीको एरेञ्जर छ। रेकर्ड सागर बाजुरेली, मिक्सिङ खडक बाजुरेली र अडियो सम्पादन राजेन्द्र बाजुरेलीले गरेका छन्।

देउडा गितमा गायक लाल बहादुर धामी र मोडेल रुबिना अधिकारीको अभिनय छ। भिम थापाको निर्देशन रहेको छ। महेश महराले छाँयाङकनमा साथ दिएका छन्। मौलिक देउडा सँस्कृतिको उत्थान, देउडा संस्कृतिलाई जोगाउन र निरन्तरता दिन गायक धामिको ठुलो योगदान रहि आएको छ। अछाम जिल्लामा जन्मीएका गायक धामि बिगत लामो समयदेखि गायन क्षेत्रमा कटिबद्ध भएर लागीरहेका छन।
बिगत लामो समयदेखि गायन क्षेत्रमा रहेका गायक धामिले यसभन्दा अगाडि धेरै देउडा गितमा आवाज दिइसकेका छन। गायक लाल बहादुर धामि बिषेशत (अछामि बड्डो) नामले बढि परिचित छन।

उमेरको हिसाबले खासै बुढो नभएतापनि उनको नाम र स्टेज प्रस्तुतीको कारणले कतिपय मानिसहरुले उनलाई अछामि बड्डाकै रुपमा चिन्ने गर्दछन। सुदुरपश्चिमको देउडा सँस्कृतिलाई जोगाउन गित सङ्गितका माध्यम मार्फत गायक धामिले ठुलो भुमिका निर्बाह गरेका छन। गायक धामिका बजारमा निस्कीने गितहरु बढिजसो देउडा गित चर्चामा रहने गरेका छन्।
गायक धामीका चर्चित गितहरु, यो अछामी बड्डो, लाल्या आयो डिस्कोमा,बड्डो आयो डि जे मा, बाल पाली हेल जया,डोटीकी छोर्याट्टी, प्यारो अछाम,यो बड्डो आइगयो,ताउलो,भैँसाकी गोठाली,झलना रेल्न दे,हरिया सौलका कयौं गित हिट छन् ।

सुदुर पश्चिम् र मध्य पश्चिम् लगाएत देश बिदेशका दर्शक श्रोता हरुले धेरै माया स्नेहका कारण आफूलाई गाएन क्षेत्रमा राम्रो गर्ने प्रेणा मिल्छ गाएक लाल बहादुर धामी ( अछामी बड्डो) भन्छन् ।


ताजा समाचार

सम्बन्धित समाचार