Thursday, July 17, 2025

गणेश सिंहको पहिलो डेउडा गित रसिलो मसिलो बोलको गित सार्वजनिक

प्रकाशित:

महेन्द्रनगर :- गणेश सिंहको पहिलो डेउडा गित रसिलो मसिलो बोलको मौलिक डेउडा गित सार्वजनिक गरिएको छ। गितको भिडियो गणेश सिंह युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

गणेश सिंह र सङ्गिता बडुवालको स्वरमा रहेको गितमा शब्द सुर्य बिरही साउदले कोरेको हो भने सङ्गीत पनि सुर्य बिरही साउदको रहेको छ।गितमा एरेन्ज भुवन प्रसाद बडुको रहेको छ। भिड्यो सम्पादन निर्देशक भिम थापाले गरेका हुन् भने भिडियोमा भुपी उपाध्य र मनिशा रावलको अभिनय रहेको छ।भिडियोको छायांकन अमृत उपाध्यको रहेको छ।

सुदुर पश्चिम् र मध्य पश्चिममा खेलिने भुवा भस्सो लाई यो गितमा भिडियोको मध्यम बाट प्रस्तुत गरिएको छ।पछिल्लो समय सुदुर पश्चिम् र मध्य पश्चिममा लोभ हुँदै गरेको भुवा भसो लाई जगेर्नाका लागि यो गित बजारमा ल्याएको यस गितमा स्वर दिएका गणेश सिंहको भनाइ छ।आम दर्शक हरुले यस गितमा मौलिक पन झल्केको हुदा गित लाई माया गर्न आशावादी रहेको गाएको बताउन्छ्न।

ताजा समाचार

सम्बन्धित समाचार