महेन्द्रनगर, २० असार । सुदुरपश्चिमका चर्चित मोडल, तथा सर्जक , गायक चक्र बमको नयाँ गीत “हातकी बाली ´´ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । बमकै शब्द तथा लय रहेको गीतको म्युजिक भिडियो शुक्रबार उनकै अफिसियल युट्युब च्यानल ‘चक्र बम’ बाट सार्वजनिक गरिएको हो ।
गीतमा चक्र बमकै शब्द, संगीत र स्वर रहेको छ । भिडीयोमा चक्र बम,मिना देउवा निथन रायन को अभिनय देख्न सकिन्छ।साे गीतकाे भिडियोकाे निर्देशन पनि चक्र बम ले नै गरेका हुन् भने हिमसागर बाम र मिसन सिबिरोगो छायांकन र हिम सागर बमले सम्पादन गरेका हुन् ।भिडियो कथा सम्पादन निथन रायन ले गरेका हुन् ।
फरक धारका गीत संगीतमा रुची राख्ने गायक बम पछिल्लो समयका एक हाेनाहार कलाकार हुन् । बमका हरेक गीतले बजारमा राम्रो लोकप्रियता पाउने गरेकाे छ । उनी युवापुस्ताका मनमा बस्न सफल छन् ।“ओई काजल´´ जस्ता सुपर हिटले बजार तताएका गाएक चक्र बम यो गितले पनि दर्शक श्रताहरुले मन पराउनेमा आशाबादी रहेको बताउन्छ्न।
चक्र बमको हातकी बाली गित सार्वजनिक
प्रकाशित: