Thursday, July 31, 2025

एकदिवसीय क्रीकेटमा बढी रन बनाउने नेपालका १० खेलाडी ।

प्रकाशित:

महेन्द्रनगर – नेपाली राष्ट्रिय क्रिकेट टिमले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय एक दिवसीय एकदिवसीय खेलहरूमा उल्लेखनीय प्रदर्शन गर्दै आएको छ। नेपालले सन् २०१८ मा एकदिवसीय खेलको मान्यता पाएयता नेपाली क्रीकेटमा थुप्रै प्रतिभावान खेलाडीहरू उदाएका छन् जसले राष्ट्रिय टिमलाई जित दिलाउन महत्त्वपूर्ण योगदान दिएका छन्। यस्तै केही खेलाडी छन् जसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन जोड्न सफल भएका छन्।हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा बढी रन बनाउने नेपालका शीर्ष १० खेलाडीहरू यी हुन् ।

१. रोहित पौडेल –
नेपालका युवा कप्तान रोहित कुमार पौडेलले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै ओडिआई क्रिकेटमा नेपालको तर्फबाट सर्वाधिक रन बनाउने खेलाडीको स्थानमा पहिलो नम्बरमा छन्।रोहित पौडेलले हाल सम्म ७२ अन्तर्राष्ट्रिय म्यचको ६८ पारिमा १ हजार ८ सय ५१ रन बनाएका छ्न।जस्मा १ शतक र ११ अर्धशतक लगाएका छन् ।सन् २०२२ मा पपुवान्युगिनी विरुद्ध उनले काठमाडौको किर्तिपुर मैदानमा पहिलो शतक प्रहार गरेका थिए। मिडल अर्डरमा बलियो उपस्थितिका साथ, उनले थुप्रै म्याच जिताउने इनिङ खेलेका छन्।बिश्व कृक्रेटमा सबै भन्दा कम उमेरमा अर्धशतक बनाउने रिकर्ड रोहित कुमार पौडेलको नाममा छ।उनले भारतका महान क्रीकेटर सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रीदिको रिकर्ड तोडेका हुन।बर्तमनमा नेपाली क्रीकेट टिमका कप्तान समेत रहेका रोहित पौडेलले थुप्रै रिकर्ड आफ्नो नाममा कायम गरेका छ्न।

२. कुशल भुर्तेल –

ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल नेपालका आक्रामक ब्याटरमध्ये एक मानिन्छन्। कुशलले ६१ अन्तर्राष्ट्रिय क्रीकेट म्याचको ६० पारिमा १ हजार ३ सय ९८ रन बनएका छन् ।जस्मा १ शतक र ९ अर्धशतक हिर्काएका छ्न ।नेपाली क्रीकेट टिमका लागी एकदमै आक्रमक र महत्त्वपूर्ण खेलाडी कुशल शुरुवातमै प्रतिद्वन्द्वीमाथि दबाब सिर्जना गर्दै धेरै अर्धशतक र शतक बनाएका छन्।सन् २०२३ मा जिम्बाबे विरुद्धको खेलमा कुशल भुर्तेल ९९ रनमा आउट हुँदै एउटा नयाँ कीर्तिमान बनाएका थिए।कुशल भुर्तेलले एकदिवसीय क्रीकेटमा कयौं रिकर्ड आफ्नो नाममा गरेका छन् ।

३. आसिफ शेख –

नेपालका विकेटकिपर ब्याट्सम्यान आसिफ शेख स्थिरता र संयमतासहित रन बनाउने आफ्नो शैलीका कारण शीर्ष ३ मा स्थान बनाएका छन्।आसिफले ५९ अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १ हजार ५ सय ६९ रन बनाएका छन् ।जस्मा १ शतक र १३ अर्धशतक बनाएका छन् ।नेपालको तर्फबाट अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा सबैभन्दा बढी अर्धशतक बनाउने खेलाडी पनि हुन् उनले अहिलेसम्म १३ अर्धशतक हिर्काएका छन् ।नेपाली क्रीकेट टिमका मेरुदण्डका रुपमा आसिफ शेखलाई लिन सकिन्छ ।कयौं म्याचमा आसिफले हिमाल जस्तै अटल भएर निडर रुपमा खेल खेलर नेपाल लाई जित दिलाएको छ।

४- आरिफ शेख –

दृढ र संयमित ब्याटिङ गर्ने आरिफ शेखले मिडल अर्डरमा नेपाललाई धेरै पटक संकटबाट निकालेका छन्।नेपाली क्रीकेट टिमका भरोसायोग्य मिडिल–अर्डर ब्याट्सम्यान हुन्, जसले दबाबपूर्ण परिस्थितिमा स्थिरता दिने क्षमता राख्छन। उनले पहिले ३०–४० बल खेल्न पाए पछि, खेल समाप्त गर्न सक्ने क्षमता राख्छन् ।”आरिफले ६१ अन्तर्राष्ट्रिय एकदिवसीय खेलको ५२ पारिमा १ हजार ३ सय २६ रन बनाएका छन् जस्मा ९ अर्धशतक समाबेश छन् ।

५ दिपेन्द्रसिंह ऐरी –

हरफनमौला खेलाडी दिपेन्द्र ऐरी न केवल ब्याटिङमा, बलिङ र फिल्डिङमा पनि उत्तिकै प्रभावशाली छन्। उनले एकदिवसीय खेलमा मा केही महत्त्वपूर्ण पारि खेल्दै टिमलाई संकटबाट उकासेका छन्।दिपेन्द्रले हाल सम्म ६४ अन्तर्राष्ट्रिय खेलको ६० पारिमा १ हजार ६६ रन बनाएका छन् जस्मा १ शतक र ४ अर्धशतक समाबेश छन।दिपेन्द्र अलराउन्डर खेलाडी हुन उनले बलिङमा पनि बिश्व क्रीकेटमा आफ्नो छुट्टै छाप छोडेका छन् ।

६ ज्ञानेन्द्र मल्‍ल –

नेपालका एक प्रतिष्ठित पूर्व क्रिकेटर तथा हाल प्रशिक्षक हुन्। उनले विगत २० वर्षभन्दा बढी समय अन्तर्राष्ट्रिय क्रिकेटमा खेलेका छन्।। ३७ अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेका ज्ञानेन्द्रले हालसम्म ८ सय ७६ रन बनाएका छन् जस्मा ७ अर्धशतक समाबेश छन् ।उनले राष्ट्रिय क्रिकेटमा अमूल्य योगदान पुर्‍याएका छन्।अहिले उनी प्रशिक्षक छन् ।

७. भिम सार्की –

युवा ब्याट्सम्यान भिम सार्कीले पछिल्ला केही सिरिजहरूमा उत्कृष्ट लय देखाउँदै आफ्नो रन बढाउँदै लगेका छन्।भारतका महान क्रीकेटर राहुल द्रबिडको शैली जस्तै क्रीकेट सट हिर्काउने सार्की नेपाली क्रीकेट टिमका मिडल अडरमा भरपर्दा खेलाडी हुन् ।भिम सार्कीले ३२ अन्तर्राष्ट्रिय खेलको २९ पारिमा ८ सय ६२ रन बनाएका छन् ।जस्मा १ शतक र ४ अर्धशतक समावेश छन् ।

८. सोमपाल कामी –

अलराउन्डर सोमपाल कामी बलिङमा जित दिलाउने खेलाडी मानिए पनि ब्याटिङमा समेत योगदान गर्दै रन सूचीमा स्थान बनाएका छन्।सोमपाल कामिले ६४ अन्तर्राष्ट्रिय एकदिवसीय खेलको ४९ पारिमा ७ सय ५९ रन बनाएका छन् जस्मा ३ अर्धशतक समाबेश छन् ।

कुशल मल्ल –

कुशल मल्ल एकदिवसीय क्रीकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडीहरूमध्ये पर्छन्। उनले विस्फोटक ब्याटिङ गर्दै धेरै रन बटुलेका छन्। मल्लले ३९ अन्तर्राष्ट्रिय एकदिवसीय खेलको ३५ पारिमा ७ सय ६८ रन बनाएका छन् जस्मा १ शतक र ४ अर्धशतक हिर्काएका छन् ।हाल खराब फर्मका कारण नेपाली क्रीकेट बाट बाहिरिएका छन् ।

१० गुल्सन झा-

गुल्सन झा नेपाली क्रिकेटमा नयाँ उचाइ ल्याइरहेका युवा अलराउण्डर हुन्। कम उमेरमै उनले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेका छन् — बलिङमा प्रभावशाली र ब्याटिङमा आत्मविश्वासी। उनको करियरसँग नेपाली क्रिकेटको उज्जवल भविष्य बन्दै गएको छ।गुल्सन ले ३७ अन्तर्राष्ट्रिय एकदिवसीय खेलको ३१ पारिमा ७ सय १८ रन बनाएका छन् जस्मा ४ अर्धशतक समाबेश छन् ।

नेपाली क्रिकेट टिमको एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) खेलको अवस्था पछिल्लो केही वर्षमा उल्लेखनीय रूपमा सुधारिएको छ। विशेष गरी २०२३ मा भएको ICC World Cup League 2 र २०२४ को ICC Cricket World Cup Qualifier Play-off मा देखाएको प्रदर्शनले नेपाललाई विश्व क्रिकेटमा नयाँ उचाइमा पुर्‍याएको छ।नेपालको एकदिवसीय क्रिकेट स्थायीतर्फ बढिरहेको छ। पछिल्लो केही वर्षमा देखिएको सुधार, नयाँ युवाहरूको उदय, र समर्थकहरूको चासोका कारण भविष्य उज्यालो देखिन्छ। यद्यपि अझै धेरै मेहनत र रणनीतिक योजनाको खाँचो छ, विशेष गरी विश्वकप छनोट र शीर्ष १० मा पुग्नका लागि।

ताजा समाचार

सम्बन्धित समाचार