Thursday, July 31, 2025

पुर्व परराष्ट्रमन्त्री एनपी साउदले गरे विद्यालय भवनको शिलान्यास

प्रकाशित:

महेन्द्रनगर :- नेपाली काङ्ग्रेसका केन्द्रिय सद्स्य तथा पुर्व परराष्ट्रमन्त्री एनपी साउदले आफ्नो क्षेत्रको एक विद्यालयको भवनको सिलन्यास गरेका हुन् ।
कंचनपुरको बेदकोट नगरपालीका वडा नम्बर ७ गाउजिमा अवस्थित जनता माध्यमिक विद्यालयको भवन शिलान्यास गरेका हुन् ।
बिहिवार पुर्व परराष्ट्रमन्त्री एनपी साउदले दुई कोठे भवनको शिलान्यास एक कार्यक्रमका बिच गरेका हुन् ।

पूर्वमन्त्री साउदले शिक्षा क्षेत्रमा गरिएको लगानीले समृद्ध समाज निर्माणमा टेवा पु¥याउने बताए ।

उनले आफ्नो क्षेत्रका विद्यालयको पूर्वाधार विकासका लागि आफू सधैं सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत जनाए ।

उक्त शिलान्यास कार्यक्रममा बेदकोट नगरपालिकाका नगरप्रमुख भोज राज बोहरा , उपप्रमुख तुलसी भट्ट जोशी,वडाध्यक्ष थानेस्वर प्रसाद भट्ट लगाएतका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानिय लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार