धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको दुई मन्त्रीहरु चढेको गाडी एक आपसमा ठोक्किएर मंगलबार दुर्घटना भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको जानकी गाउँपालिकास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजना अन्तरगतको जलविधुत आयोजनाको उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुन गइरहेका ती मन्त्रीहरुको गाडी आपसमा ठोक्किएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार कैलालीको लम्कीमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की चढेको से. १ झ ३३० नम्बरको गाडीले भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पाल चढेको बा.२ झ १४१९ नम्बरको गाडीलाई पछाडिबाट ठोक्दा दुर्घटना भएको थियो । मन्त्री पाल र सार्कीलाई भने कुनै चोट नलागेको प्रहरी जनाएको छ । ती गाडीमा भने क्षति पुगेको छ ।