कंचनपुरका युवा सुरेन्द्र प्रसादा अवस्थिले गैर अवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको संयुक्त राष्ट्र अमेरीकाको बोर्ड अफ डाईरेक्टर पदका लागी उम्मेदवारी घोषणा गर्नुभएको छ ।
नेपाल रहादा नेपाल विद्यार्थी संघको विभिन्न पदमा दायित्व निर्वाह गर्दै विद्यार्थीको हकहितका लागि बुलन्द आवाज उठाउने अवस्थी जुनियर रेडक्रस सर्कलमा रहेर विभिन्न समाजिक कार्य गर्नुभएको थियो।
एकता, सहमति र जवाफदेहिता, सवल र समावेशी एन.आर.एन. हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ वर्ष २०२५ देखी २०२७ सम्मको कार्यकालको लागी यही अगस्त १६ र १७ गते सम्पन्न हुन लागेको गैर आवसीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, अमेरीको निर्वाचनमा अवस्थिले बोर्ड अफ डाईरेक्टर पदका लागी आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेपाल घर कञ्चनपुर र हाल अमेरीकाको टेक्सासको सेन्ट्रल अस्टिनमा बसोवास गरिरहनु भएका अवस्थि टेक्सासमा रहेको सुदूरपश्चिमम नेपाली समाजको दोश्रो कार्यकालको लागी बोर्ड मेम्बरको रुपमा कार्यरत हुनुहुन्छ । प्रवासमा रहेर पनि स्वदेश तथा विदेशमा रहेका नेपालीहरु लाई आपद, विपदमा सहयोग गर्न तत्पर रहने अवस्थिले थुप्रै सामाजिक अभियान मार्फत सहयोग जुटाउने कार्यमा आफुलाई आवद्ध गर्नुभएको छ।
संस्थाको विधान अनुसार सम्पूर्ण जिम्वेवारीहरु इमानदारीपूर्वक निर्वाह गर्ने, समयमै र प्रभावकारी सेवा प्रवाह गर्ने तथा संस्थाको अभियान र उद्देश्य प्रति पूर्ण समर्पणका साथ कार्य गर्ने प्रतिबद्धता सहित आफुले यो निर्वाचनमा उम्मेदवारी दिएको अवस्थीले बताउनु भयो । अवस्थीले अमेरिकीमा बसोबास गर्ने एन अर एनए आबद्ध सदस्य हरु सङ्ग मतका लागि अपिल गर्नु भएको छ।