Thursday, July 31, 2025

बेदकोट नगरमा हात्तीको आतंक,एक घरमा पुर्ण रुपमा क्षेती

प्रकाशित:

महेन्द्रनगर :- कंचनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नम्बर १० को अछामी टोलमा हात्तीको बथानले गए राती राम बहादुर रावलको घरमा पसेर पुर्ण रुपमा नष्ट गरेको छ भने मानवीय क्षेती भने भएको छैन ।

बुधबार राती करिब १ बजे तिर गाउमा छिरेका हातले गाउमा लगाएको अन्न बाली नस्ट गर्नका साथै एक घरको भित्ता पुर्ण रुपले भत्काएको छ।राती सुतिरहेको अवस्थामा हात्ती गाउमा पसेर आतंक मचाए पछि ज्यान जोगाउन धौधौ परेको स्थानीय हरु बताउन्छ्न।बर्षातको समयमा हात्ती लगायत अन्य जनावर हरुले यो क्षेत्रका बासिन्दा हरुलाई दुख दिने गरेको छ।खेतमा लगाएका अन्न बाली हरु जंगली जनावर हरुले सखाप पर्ने समस्य बिगत देखि नै चलिआएको छ।

नेपाली काङ्ग्रेस बेदकोट नगरका सभापति तुलाराम शाहु ले जंगली जनावर हरुको आतंक समाधान गर्नका लागि स्थानीय सरकार ,प्रेदेश सरकार र संघिय सरकार समक्ष ध्यानाकर्षण गराउन भएको छ।
सभापति शाहुले जङ्गलि जनावरको आक्रमणले यस क्षेत्रका जन्ताले भोग्नु परेको समस्यको समाधान तर्फ सरकारले ध्यानाकर्षण गर्न जरुरी रहेको बताउन्छ्न।


ताजा समाचार

सम्बन्धित समाचार