ड्यानभिल, भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यको ड्यानभिल नगर परिषदका सदस्य ली भोगलरमाथि मंगलबार एक क्रूर आक्रमण भएको छ । एक व्यक्तिले उनलाई कार्यलय भित्रै पाँच ग्यालोन पेट्रोल खन्याएर आगो लगाएको सॅचार माध्यमहरुले जनाएका छन्।
शोकेस पत्रिकाका प्रकाशक एन्ड्र्यु ब्रुक्सका अनुसार, आक्रमणकारी कार्यलयमा जबर्जस्ती प्रवेश गरी भोगलरमाथि पेट्रोल खन्याए।
भोगलर भाग्न खोजे तर आक्रमणकारीले उनलाई पछ्याउँदै अगाडिको ढोकासम्म पुगेपछि आगो लगाइदिए।
घटनापछि तुरुन्तै भोगलरलाई उदग्रविमान(हेलिकप्टर) मार्फत अस्पतालमा लगिएको छ । उनलाई “होसमा र बोल्न सक्ने अवस्थामा” अस्पताल लैजाँदै गरिएको बताइएको छ।
ली भोगलरले सन् २०१२ मा मात्र २४ वर्षको उमेरमा ड्यानभिल नगर परिषद(सिटी काउन्सिल)मा विजयी भई इतिहास रचेका थिए।
उनले भर्जिनिया राष्ट्रमन्डल (कमनवेल्थ )विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातक गरेका छन् ।
हाल एनड्रु ब्रुक्स मिडिया ग्रुप( सॅचार माध्यम समूह)का साझेदारको रूपमा कार्यरत छन्।
यस आक्रमणको कारण र आक्रमणकारीको पहिचान अहिलेसम्म सार्वजनिक गरिएको छैन।