भिमदत्त नगरपालिका –१८ भाडामा कटान बसदै आएकी ३९ बर्ष कि धना पन्तको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । कंचनपुरको जिल्लाको विभिन्न ठाँउ बाट मकै किनेर दिनभरी पन्त मकै पोलेर ग्राहक लाई खुशी बनाउदै मकै बेच्ने गरेकी हुन् ।
१२ बर्ष अगाडि दार्चुलाको पस्ती बाट महेन्द्रनगर आएकी धना पन्तले बिगत ९ बर्ष देखि मकै बेच्दै आएकी हुन।
मकै बेचेर एक छोरीको बिहे गरेको हु,दुई छोरा लाई पढाउदै गरेको बताउन्छिन।जेठो छोरो काठमाडौमा बेचलुर पढाउदै छु र कान्छो छोरा लाई महेन्द्रनगरमै पढादै छु पन्त बताउन्छिन।महेन्द्रनगर मै मकै बेचेर आधा कट्टा जमिन किनेको धना पन्त बताउन्छिन।
दिनभर महेन्द्रनगरको पार्क नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा पन्त व्यस्त देखिन्छिन् । उनले पोलेको सानो मकै घोगा २० र ठूलो मकै ३० सम्ममा बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘विगत ०९ वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेतीपाती गर्न जग्गा छैन, यसरी नै अरुको बारीबाट मकै खरिद गर्दै बेच्ने गरेकी छु ।’
दिनमा मकै बेचेर रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाई हुने गरेको पन्तले बताइन् । ‘
मकै प्रतिघोगा रु १० देखि रु १५ मा खरिद गरेर रु २० देखि रु ३५ सम्ममा बिक्री गर्ने गरेको पन्तले बताइन् । । महिनामा रु ३० हजारदेखि रु ४० हजारसम्म कमाइ हुन्छ, यसैबाट घरखर्च चलाउने गरेकी छु पन्त ले भनिन् ।’
श्रीमान बिरामी भएको र उपचार पनि मकै बेचेर नै गरेको पन्त बताउन्छिन।यो काम बाट आफू सन्तोष भएको कुरा पन्त बताउन्छिन।