बेदकोट:— कंचनपुरको बेदकोट नगरपालिकाको वडा नम्बर ९ को उदय देव माध्यमिक विद्यालयको प्राङ्गणमा यसपालि पहिलो चोटि रामलिला महायज्ञको आयोजना हुने भएको छ।
स्थानीय बुद्धिजिवि हरुले श्री रामलिला समिति बेदकोट ९ सुन्दरपुर गठन गरेर पहिलो पटक बेदकोट नगरको सुन्दरपुरमा रामलिलाको आयोजना हुन लागेको हो।
श्री सुन्दरपुर रामलिला समिति बेदकोट ९ सुन्दरपुर ले ११ सदस्यीय तदर्थ समिति र १सय १ सदस्यीय मुल आयोजक समिति गठन गरेको छ।
११ सदस्यीय तदर्थ समेतिमा संयोजक भरत बहादुर रोकाय,उपाध्यक्षमा वीर बहादुर कार्की,सचीवमा पदम सिंह कुवर,कोषाध्यक्षमा लाल बहादुर थापा,सह सचीवमा देवकि बिष्ट,सदस्य हरुमा बिनोद पन्त,नरेन्द्र बिष्ट ,नरेन्द्र राना,रतना बिष्ट ,प्रदिप पाल,शिरोमणि ओझा रहेका छन् भने मुल आयोजक समेतिमा अर्जुन बहादुर चन्द संयोजक,शिवराज भट्ट सह-संयोजक र सदस्य सचीवमा पदम कुवर लगाएत १ सय १ जनको मुल आयोजक समिति गठन गरिएको छ।
कार्तिक महिनामा रामलिला लगाउने तयारी भैरहेको छ,चौतारी सुन्दरपुर रामलिला समितिका तदर्थ समितिका अध्यक्ष भरत रोकायले जानकारी दिनु भयो।
अहिलेका युवामा दुव्यासन बढ्दै गएकोले दुव्यासन न्यूनीकरण, धर्म सस्कृतिको रक्षा गर्न र श्री राम भगवानको कथाले समाजमा सकारात्मक उर्जा दिने भएको हुदा रामलिलाको आयोजन गर्न लागेका हौ रामलाल समिति का सचीव पदम कुवरले जानकारी दिनु भयो।
सम्पुर्ण वडा बासी, राजनीति कर्मी, शिक्षा प्रेमी , पत्रकार, राष्ट्र सेवक लगाएत सबैको साथ सहयोगले रामलिलाको आयोजना हुने रामलिला समितिका सचीव पदम सिंह कुवर ले बताउनु भयो।
बेदकोट नगरपालिका वडा नम्बर ९ सुन्दरपुरमा पहिलो चोटि रामलिलाको आयोजना हुदै
प्रकाशित:

