Friday, December 12, 2025

मिस पबि फकाउने प्रयास असफल, ‘माग्ने राजा’ टीमले सम्पर्क गर्नै सकेन !

प्रकाशित:

महेन्द्रनगर :- मिस पबिसँग छलफल गर्ने ‘माग्ने राजा’को टिमको प्रयास असफल भएको छ। उनी सम्पर्कमै आउन नचाहिरहेको निर्माण टिमका एक सदस्यले बताए । ती सदस्यले भने, ‘मिडियामा त्यसरी अभिव्यक्ति दिँदै हिँड्नुभएपछि हामीले सम्पर्क गरेर म-न-मु-टाव सुल्टाउन खोजेको हो । उहाँ सम्पर्कमा आउन खोजिरहनुभएको छैन ।’

टिकटकबाट चर्चामा आएर म्युजिक भिडिओमा उदाएकी मिस पबी (पबित्रा साँकी) माग्ने राजा फिल्म टिम सङ्ग निकै विवादमा आएकी छन् ।

केदार घिमिरे (माग्ने बुढा)को शीर्ष अभिनय रहको फिल्म ‘माग्ने राजा’ मा मिस पबी अनुबन्धित भएपछि फिल्म सुटिङका बेला मिस पबिले सुटिङमा अभिनय गर्न सकेन भनेर निर्माताले फिल्म बाट निकालेको थियो। 

ऋषि लामिछानेको निर्देशनमा रहको फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन्। फिल्मको कथा सामिप्यराज तिमिल्सिनाले लेखेका हुन् । कमेडी कथावस्तुमा फिल्म निर्माण भएको चलचित्र अहिले देशका विभिन्न हलमा लागेको छ।




ताजा समाचार

सम्बन्धित समाचार