विश्व हिन्दु महासंघ सुदुर पश्चिम्ले कंचनपुरका विभिन्न स्थानीय पालिकामा तदर्थ समिति गठन गरेको छ।
कंचनपुर जिल्लाको दक्षिणी बेल्टमा रहेका बेल्डाडि ,बेलौरि,लालझाडि तथा पुनर्वास गरि चारै स्थानीय तहमा बिश्व हिन्दू महासंघले शनिबार विभिन्न ठाउँमा कार्यक्रम गर्दै तदर्थ समिति गठन गरेको हो ।
पछिल्लो समय बढ्दै गइरहेको धर्मान्तरणलाई मध्य नजर गर्दै सुदुर पश्चिमका सबै जिल्लाहरुमा बिश्व हिन्दू महासंघको तदर्थ समिति गठनको कार्यलाई तिब्र रुपमा अगाडि बढाइरहेका छौ बिश्व हिन्दु महा संघ सुदुर पश्चिम् का कार्यवाहक अध्यक्ष शिरोमणि कुमार ओझा ले बताए ।
सोझा साझा हिन्दू हरुलाई विभिन्न किसमका प्रलोभनमा परेर नेपालमा विभिन्न एनजीओ आइएन्जिओ हरु धर्मान्तरण गरिरहेका छन् यो कार्य गलत भएको ओझा बताउन्छ्न। नेपालमा भएका हिन्दु हरु एक सुत्रमा बाधिएर नेपाललाई फेरि हिन्दु रास्ट्र बनाउन आफू हरु लागिपरेको ओझा बताउन्छ्न।

