महेन्द्रनगर :- शेरे औजि र लक्ष्मी नेपालीको स्वर रहेको ‘माल झानौ’बोलको डेउडा गीत सार्वजनिक गरिएको छ । गीतको भिडियो ‘श्री केदार’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।
गीतको शब्द गोकर्ण दयालले कोर्नुभएको हो भने गीतमा संगीत दिपक संगम बिसिको एरेन्ज छ। मासुम बिष्ट को कथा एवं निर्देशनमा तयार भिडियोमा भोजराज जोशी र सङ्गिता ओडको अभिनय रहेको छ ।
भिडियोले सामाजिक कथाका साथै सुदुर पश्चिम्का धर्मिक तथा पर्यटक स्थलहरु समेटेको छ भिडियो निर्देशक मासुम बिष्टले बताए । उहाँले स्रोता दर्शकबाट गीतलाई राम्रो प्रतिक्रिया आउनेमाआफू आशावादी रहेको बताउनुभयो ।
लाल बाबुले छायाँकन गर्नुभएको भिडियोमा सुदुर पश्चिम्का कयौं पर्यटकिय स्थल हरु समाबेश गरिएका छन् ।सुदुर पश्चिम् को शुक्लाफाटा बन्यजन्तु आरक्ष पनि यो गितको भिडियोमा समाबेश भएको छ।
शेरे औजिको माल झानौ’बोलको डेउडा गीत सार्वजनिक
प्रकाशित:

