Friday, December 12, 2025

कंचनपुर निर्माण व्यवसाय संघको नयाँ नेतृत्वको लागि पुष्पराज अवस्थीले गरे दमदार प्यनलको घोषणा

प्रकाशित:

महेन्द्रनगर :- निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ अधिवेशनका लागि पुष्पराज अवस्थी प्यानलले उम्मेदवारी घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन आयोजन गरि आउँदो भदौँ २१ गते हुने गईरहेको जिल्ला अधिवेशनका लागि अवस्थीले आफ्नो प्यानल घोषणा गरेका हुन् । अवस्थीको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्ष यज्ञराज बैज, महासचिव देवीदत्त भट्ट, सचिव गोरे सिंह ऐर, कोषाध्यक्षमा दिल बहादुर ऐर, सह–कोषाध्यक्ष चित्र बहादुर कार्कीले उम्मेदवारी घोषणा गरेका छन् । 
प्यानलको घोषणा गदैँ अध्यक्ष पदका उम्मेदवार अवस्थीले संघलाई निर्माण व्यवसायीको साझा संस्था बनाउने प्रतिवद्धता जनाएका छन् । उनले सानादेखि ठुला सबै विचार–समुहमा रहेका निर्माण व्यवसायीलाई समेट्न गरि आफुहरुले काम गर्ने बताए । संघको कार्यसमिति सदस्य हुदैँ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको समेत अनुभव समालिसकेका उम्मेदवार अवस्थीले व्यवसायीक हकहित, संघमा आवद्धता, व्यवसायीक समस्याको सम्बोधन, क्षमता विकास, कार्यालयलाई प्रविधिमैत्रीसँगै व्यवस्थीत गर्ने, व्यवसायीबिच सौर्हाद वातावरण सिर्जनालगायतका प्रतिवद्धता सार्वजनिक गरेका छन् । 
साना व्यवसायीलाई संघमा आवद्ध गराउन उनीहरुमा संघको आवश्यकता महशुस हुनेगरि काम गर्ने र अध्यक्षमा पुनः दोहरीने प्रवृत्तिको पनि अन्त्य गर्ने उनले बताए । ‘हाम्रो विशुद्ध व्यवसायीक प्यानल हो, हामी कुनै दल विशेष होईनौँ ।’ पत्रकार सम्मेलनमा अवस्थीले भने, ‘अरुले के भन्छन्, उनीहरुको विषय हो, विगतको नेृतत्वले काम गरेन भन्ने व्यवसायी साथीहरुमा गुनासो छ, हामी सबै व्यवसायीलाई अगाडी बढाउन चाहान्छौँ, साना व्यवसायीले पनि क्षमता अनुसार नेतृत्व गर्न पाउनुपर्छ, कसैको सिण्डीकेट हुनुहुदैन् ।’ 

अवस्थी प्यानलबाट महासचिवका उम्मेदवार रहेका देवीदत्त भट्टले साना र संघ बाहिर रहेका निर्माण व्यवसायीलाई संघमा आबद्ध गराउनु आफुले अभिभावकीय भुमिका निर्वाह गर्ने बताए । संघको नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष निरञ्जन प्रशाद भट्टले यस अघि नै प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् ।

भट्टले पहिलो कार्यकालमा व्यवसायी हित र संस्थाको विकास काम गर्न नसकेको अवस्थी पक्षको दावि छ । पत्रकार सम्मेलनमा कञ्चनपुर उद्योग वाणिज्य संघ कञ्चनपुरका पुर्व अध्यक्ष सुरेश सिह रावलले अवस्थी नेतृत्वको प्यानल व्यवसायिक भएकोले सहयोगका लागि आग्रह गरे ।

ताजा समाचार

सम्बन्धित समाचार