Thursday, January 22, 2026

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ अधिवेशनका लागि युवा व्यावसायि नवीन चन्दले दिए उम्मेदवारी

प्रकाशित:

निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ अधिवेशनका लागि  निर्माण व्यवसायी नवीन चन्दले खुल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छ्न ।

भाद्र  २१ गते हुने गईरहेको जिल्ला अधिवेशनका लागि चन्दले सदस्य पदका लागि आफ्नो उमेदवारि  घोषणा गरेका हुन् ।

सानादेखि ठुला सबै समुहमा रहेका निर्माण व्यवसायीलाई समेटेर  व्यवसायीक हकहित, संघमा आवद्धता, व्यवसायीक समस्याको सम्बोधन, क्षमता विकास, कार्यालयलाई प्रविधिमैत्रीसँगै व्यवस्थीत गर्ने, सदस्य पदका उमेदवार चन्द बताउन्छ्न । 

बाशुलिङ्ग कन्स्क्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक समेत रहेका नविनले नविनतम सोचका साथ संघको सदस्यमा उम्मेदवारी घोषणा गरेर दौडधुप बढाएका छन । डेढ दशकअघि अध्ययनका लागि काठमाडौँ गएका चन्द ०७२सालकोे महाभुकम्पका बेला राजधानी काठमाण्डौँ सहितका विभिन्न स्थानमा निर्माणको कामको महत्व देखेर निर्माण व्यवसाय रोजेका थिए । आफन्तसंगै मजदुरी गरेका चन्द आफ्नै पौरखले निर्माण व्यवसायको यात्रामा रहेका उनले आम निर्माण व्यवसायी समान्य कमजोरीका कारण धरासायी बन्दै गएको चिन्ता गरेर पहिलो चरणमा सदस्यबाटै संघको यात्रा तय गर्न लागेका छन । स्थानीयदेखि जिल्लाका विभिन्न स्थानमा लिने काममा उनले सफलतापुर्वक सन्तोषजनक गुणस्तरिय काम गर्दैै आएका छन । ‘पछिल्ला दिनहरुमा हामीहरुविच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, यसकोे लाभ अरुलाई नै भईरहेको छ, हामी बिलोमा ठेक्का लिन्छौँ, ‘उनले भने, ‘यस्तो बिलोमा लिने ठेक्काले न हामी, न सरकार न जनता र देशलाई नै फाईदा हुँदैन, यस्ता समस्याबाट मुक्तिका लागि मैले अहिले सदस्य बन्ने चाहना राखेको छु ।

’ विकास निर्माणका योजना तर्फको अतिबिलोमा लिने ठेक्का प्रकृयाले सत्यनास गरिरहेको भन्दै अब आफुले सदस्यको जिम्मेबारीमा आएपछि त्यो अन्त्यका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन । बेलौरी नगरका स्थानीय समेत रहेका चन्द निर्वाचन क्षेत्र १ बाट सदस्यका लागि एक्ला उम्मेदवार हुन । उनले सबै मतदाताहरुसंग आफुलाई सहयोगका लागि अपिल गरिरहेका छन । दक्षिणी क्षेत्रको समेत संघका प्रतिनिधित्व हुने भएकाले सहयोग गरेर संघलाई जिल्लाभरीकै दायित्व बहनका लागि समेत अनुरोध गरेका छन ।

चन्द समाजिक कार्यमा पनि अग्रसर छन् ।युथ भ्वाइस ग्रुपका संस्थापक सदस्य समेत रहेका चन्द सरसफाइ अभियान ,बृक्षारोपण कार्यक्रम,ब्लड डोनेस कार्यक्रम लगाएत विभिन्न समाजिक कार्य गर्दै आइरहेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार