कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ औँ अधिवेशनका लागि निर्माण व्यवसायी दिपक कार्की ( दिपिन) ले खुल्ला सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छ्न ।
भाद्र २१ गते हुने गईरहेको जिल्ला अधिवेशनका लागि कार्की सदस्य पदका लागि आफ्नो उमेदवारि घोषणा गरेका हुन् ।
आउँदो निर्माण व्यवसायी संघको चुनावलाई लक्षित गर्दै उम्मेदवारहरुले आफ्ना एजेन्डा सार्वजनिक गर्न थालेका छन् । यसै क्रममा दिपक कार्किले पनि आफ्नो प्रमुख एजेन्डा सार्वजनिक गर्दै निर्माण व्यवसायीको अधिकार संरक्षण, पेशागत मर्यादा वृद्धि र व्यवस्थित व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।
यहीँ शनिबार हुने कञ्चनपुर निर्माण व्यवसायी संघको नयाँ नेतृत्व, पदाधिकारी एव सदस्य सहित १५औँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा युवा हरुको उम्मेदवारी दिने क्रम चली रहेकोे छ।
नेतृत्व सहित पदाधिकारी प्यानल अनुरुप चुनावी मैदानमा होमिएपनि सदस्य तर्फ भने खुला रुपमा दर्जनौँ युवाहरु चुनावी मैदानमा होमिएका छन । जसमध्ये झण्डै एक दशकदेखि निर्माण व्यवसाय गर्दै आएका दिपिन पनि एक हुन हुन । दिपिन बिल्डर्स प्रा.लि .संचालक समेत रहेका दिपक कार्की नविनतम सोचका साथ संघको सदस्यमा उम्मेदवारी घोषणा गरेर दौडधुप बढाएका छन ।
निर्माण व्यवसायीहरुले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्नका लागि संस्थागत सुधार, नीति–नियमको सरलीकरण र पारदर्शी प्रणाली कायम गरिनुपर्ने आवश्यकता छ । “निर्माण व्यवसायीलाई ठेक्का प्रक्रिया, भुक्तानी र प्राविधिक मापदण्डमा सहज बनाउनका लागि म निरन्तर पहल गर्नेछु,” कार्कीले भने ।