Tuesday, January 13, 2026

सुदूरपश्चिम महोत्सवमा आज लोकप्रिय कलाकारहरूको धमाकेदार प्रस्तुति

प्रकाशित:

समृद्ध सुदूरपश्चिमका लागि “आर्थिक समृद्धि” भन्ने मुख्य नारासहित मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव आज विशेष प्रस्तुतीकरणसहित झनै रौनकपूर्ण बन्दै गएको छ।

आजको मुख्य आकर्षणमा नेपाली संगीत जगतका चर्चित कलाकार महेश काफ्ले, अस्मिता ढकाल, र उमाशंकर जोशीको बहुप्रतिक्षित प्रस्तुति रहने आयोजक समितिले जनाएको छ।

महोत्सव स्थलमा बिहानैदेखि दर्शकहरूको भीड बढ्दै गएको छ भने कलाकारहरूका लोकप्रिय गीत–संगीतमा साथ दिन स्थानीय युवादेखि परिवारसहित आएका दर्शक उत्साहित देखिएका छन्।

आयोजकका अनुसार सांस्कृतिक पहिचान, स्थानीय उत्पादन, पर्यटन प्रवर्द्धन र आर्थिक क्रियाकलापलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित महोत्सवमा दैनिक सांगीतिक कार्यक्रमले वातावरण झनै रंगिन बनाएको छ।

आज साँझ महेश काफ्लेका लोकप्रिय प्रेम तथा भावनात्मक गीत, अस्मिता ढकालका मधुर प्रस्तुति तथा उमाशंकर जोशीको सुदूरपश्चिमीय रंग–ढंग मिसिएको गीत–संगीतले महोत्सवलाई झनै उत्कर्षमा पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सव मंसिर २२ देखि पुस १ गतेसम्म चल्नेछ।

ताजा समाचार

सम्बन्धित समाचार