महेन्द्रनगर । बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका वडा नम्बर ७ चडेपानीको सन्नमुडाका २६ वर्षीय शंकर दत्त भट्ट विगत आठ वर्षदेखि भारतमा हराइरहेको घटनाले परिवार र स्थानीय समुदायमा गहिरो चिन्ता उत्पन्न गरेको छ।
रोजगारीका लागि भारततर्फ गएका भट्ट आठ बर्ष देखि अहिलेसम्म सम्पर्कविहीन छन्।भारतको दिल्लीमा रहेको अजातपुर मण्डी बाट सम्पर्क बिहिनी भएका भट्ट बिगत आठ बर्ष देखि सम्पर्क बिहिन छ्न शंकर दत्त भट्टका बुवा राम दत्त भट्ट बताउन्छ्न।
आठ बर्ष अगाडि भट्ट काम गर्न गएका थिए। सुरुको केही महिनासम्म फोनमार्फत सामान्य सम्पर्क भइरहेपनि त्यसपछि अचानक उनको फोन बन्द भयो। परिवारले धेरै पटक कल, म्यासेज तथा आफन्तहरू मार्फत खोजी गरे पनि कतैबाट पनि कुनै जानकारी प्राप्त हुन सकेन।
शंकर दत्तका बुवाले भारतका विभिन्न स्थानमा रहेका साथी–भाइ, परिचित र नेपाली समुदायसँग पनि खोजतलास गरे तर कहिँ पनि उनको उपस्थितिको प्रमाण भेटिएन।
आठ वर्षदेखि प्रतीक्षामा बसेको परिवार, अझै पनि आशा छ शंकर कि आमा लक्ष्मी भट्ट अत्यन्तै भावुक हुँदै भन्छन्—“आठ वर्ष भयो, उस्को आवाज पनि सुनेका छैनौँ। बाँचिरहनुभयो कि केही भयो, केही थाहा छैन। हामीले जस–जसलाई सोध्न मिल्थ्यो सबैलाई सोध्यौँ। अब राज्य र सञ्चारमाध्यमबाट सहयोग मिल्ला भनेर आशा गरेका छौँ।”
उनकी आमासहित परिवारका सदस्यहरू वर्षौंदेखि दैनै आँसुको भरमा बसेका छन्। प्रत्येक चाड–पर्व, जन्मदिन वा पारिवारिक समारोहमा उनको अभावले घरलाई झनै पीडादायी बनाइदिएको परिवारजन बताउँछन्।
घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनले परिवारसँग समन्वय गर्दै भारततर्फ खोजी कार्यको सूचना आदान–प्रदान प्रक्रियामा प्रारम्भिक पहल भएको जनाएको छ। भारत–नेपाल सीमा क्षेत्रमा अवस्थित प्रहरी इकाइहरूलाई समेत परिवारले बेपत्ता व्यक्तिको विवरण उपलब्ध गराएको छ।
परिवारले शंकर दत्त भट्टको अवस्थाबारे कुनै पनि जानकारी हुने सर्वसाधारण, संघ–संस्था, भारतस्थित नेपाली दूतावास तथा सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गरेका छन्।भारतमा कहि कतै शंकर कसैको सम्पर्कमा आएका भारतमा रहेका शंकरका काका लिलाधर भट्ट लाई सम्पर्क गरेर सहयोग गर्न परिवारले अपिल गरेका छन् ।