Monday, June 30, 2025

शेर बहादुर देउवाकि छोरी मीना देउवा ‘मिस ग्राण्ड नेपाल २०२५’ की बलियो प्रतिस्पर्धि

प्रकाशित:

महेन्द्रनगर :- डडेल्धुरा गन्यापधुरा गाउँपालिकाकी मीना देउवा ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि जित्ने दाउमा छन् ।

पछिल्लो समय मोडलिङ र पढाइ लाई निरन्तरता दिदै आईरहेकी मिना विभिन्न मेला महोत्सवका कार्यक्रममा पनि ब्यस्त थिईन।अत्यन्तै सुन्दर निर्त्य प्रस्तुत गर्न सक्ने क्षमता भएकी मिना बहु प्रतिभाका धनी पनि छन् ।गित गाउने,सुन्दर अभिनय गर्न सक्ने क्षमता उनमा बाल्यकाल देखि नै थियो।

मिनाको आत्मविश्वास, सशक्त अभिव्यक्ति, सौन्दर्य र प्रतिभाको प्रभावशाली संयोजनले उनले प्रारम्भिक चरणदेखि नै मिस ग्राण्ड नेपाल २०२५’मा निर्णायकहरूको ध्यान खिच्न सफल भएकी छन्।

मीना केवल सौन्दर्य प्रतियोगिताकी प्रतिस्पर्धी मात्र होइनन्, उनी सफल युवापुस्ताकी उद्यमी पनि हुन्।

हाल स्नातक अध्ययनरत मीना गाउँको सामान्य परिवेशबाट राष्ट्रिय मञ्चसम्मको यात्रा तय गर्न सफल भएकी छन्।


यदी उनले उपाधि जितिन् भने उनलाई नगद पुरस्कारसहित स्कूटर, ‘गुडविल एम्बासडर’को पद, चलचित्र अभिनयको अवसर तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ।

अहिले मीना देउवा आफ्ना समर्थक र शुभेच्छुकबीच ‘तारा’को रूपमा चिनिन थालेकी छन्। आफुलाई सुदुर पश्चिम्का आम दर्शक हरुले साथ सहयोग गर्नेमा ढुक्क रहेको मिना बताउन्छिन।

ताजा समाचार

सम्बन्धित समाचार